
काठमाडौं । एसियाली टेबल टेनिस च्याम्पियनसिपको २७ औं संस्करणमा नेपालबाट २ खेलाडी सहभागी हुने भएका छन् ।
अखिल नेपाल टेबल टेनिस संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट समान १–१ पुरुष÷महिला गरी २ खेलाडी छनोट गरिएको टेबल टेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन् ।
पुरुषमा संयोग कपाली र महिलामा इभाना थापा मगर छनोट भए । दुवै शीर्ष स्थानमा रहँदै छनोट भएका हुन् । एसियाली टेबल टेनिस काजाकस्तानमा अक्टोबर ७ देखि १३ तारिखसम्म हुनेछ ।
सोही छनोट प्रतियोगिताबाट पुरुष÷महिलामा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए ।























