महिला उद्यमीले मनाए तिज विषेश कार्यक्रम

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १८, मंगलबार १७:०३

झापा । झापाका महिला उद्यमीहरुले हरितालिका तिज पर्वको अवसर पारेर महिला अधिकारकर्मीसहित महिला उद्यमीलाई सम्मान गरिएको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गत रहेको महिला उद्यमी समूहले ‘तीज विशेष कार्यक्रम’मा अधिवक्ता लक्ष्मी खनाल कोइरालालाई ‘नारी सम्मान’ र महिला उद्यमी शर्मिला अधिकारीलाई युवा महिला प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने र महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागार्इंले सम्मानपत्र प्रदान गरेका थिए ।

भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठ, एबिसी नेपालकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाली काँग्रेसकी नेतृ रञ्जिता कार्कीलगायतले शुभकामना दिएका थिए । यसैबीच महिलाहरुलाई सामुहिक रुपमा दर समेत खुवाइएको थियो ।

कार्यक्रमकै बीच महिला उद्यमी समूहकी सदस्य कविता पोखरेलले आफ्नो जन्मोत्सवको अवसरमा ‘व्यवसायी राहत कोष’का लागि ११ हजार रुपैयाँ प्रदान गरेकी थिइन् । बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँको व्यवसायी राहत कोष स्थापना गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.