
काठमाडौं । एन्फा महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएका दुई खेल बरारबरीमा सकिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको पहिला खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबीचको खेल बराबरीमा सकिएको हो । निर्धारित समयमा दुवै टोली १–१ गोलको बराबारीमा खेलेका थिए ।
त्यस्तै, दोस्रो खेलमा विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ र नेपाल पुलिस क्लबबीच खेल बराबरीमा सकिएको छ । खेलमा दुवै टोलीबाट कुनै गोल नभई खेल बराबरीमा सकिएको हो ।
बुधवार विभागीय टोली त्रिभूवन आर्मी क्लब र संकटा क्लबबीच खेल हुनेछ ।























