पदक विजेता पलेशालाई राष्ट्रपति पौडेलद्वारा सम्मान

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १९, बुधबार २०:०५

काठमाडौं । पेरिस पारालिम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेललेसम्मान गरेका छन् ।

शीतल निवासमा एक कार्यक्रमकाबीच पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरे । पलेशाका प्रशिक्षक प्रशिक्षक कविराज नेगी लामालाई बधाई दिइएको थियो ।

राष्ट्रपति पौडेलले पलेशालाई बधाई दिँदै यसबाट देशको शीर उचों पार्ने काम भएको र अर्काे पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

आजै काठमाडौं महानगरपालिकाले पलेशालाई ५ लाख र प्रशिक्षक लामालाई ३ लाख रुपैयाँसहित सम्मान गर्यो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.