विराटनगरमा असोज १७ देखि ‘विराट सडक महोत्सव’

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २०, बिहीबार १३:०४

विराटनगर । असोज १७ देखि विराटनगरस्थित हिमालय रोडमा ‘विराट सडक महोत्सव’ हुने भएको छ ।

विराटनगरमा मन्जिना मुभिज क्रियसनले पत्रकार सम्मेलनको आयोजना गर्दै सडक महोत्सवबारे जानकारी दिएको हो । मन्जिना मुभिज क्रियसनका अध्यक्ष जतिन ताम्राकारले विराटनगरको हिमालय रोडमा ४ वर्षदेखि सडक महोत्सव आयोजना गर्दै आएको बताए ।

यस पटक असोज १७ देखि २३ गतेसम्म एक हप्ता सडक महोत्सव आयोजना गर्न लागेको बताउँदै, अध्यक्ष ताम्राकारले भने, ‘महोत्सवमार्फत आफ्नो कला, संस्कृतिको जर्गेना गर्ने, विराटनगरको ऐतिहासिकता तथा साँस्कृतिक सभ्यतालाई जीवन्त राख्दै नयाँ पिँढीमा समेत पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरेका हौं ।’

महोत्सवमा विभिन्न जातजातिका खानाका परिकारलगायत स्वदेशी तथा विदेशी उत्पादनका ३० वटा स्टलका साथै साँझमा साँगीतिक कार्यक्रम रहने र महोत्सव अवलोकनका लागि निःशुल्क रहेको अध्यक्ष ताम्राकारले बताए ।

महोत्सवमा १५ लाख बढी खर्च हुने आयोजकले अनुमान गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.