
काठमाडौं । नेपाललाई ऐतिहासिक जितका साथ पदक दिलाउन सफल पारा तेक्वान्दोका प्रशिक्षक कविराज नेगी लामालाई प्रशिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ ।
लामाले पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक पदक दिलाउन महŒवपूर्ण भूमिका निर्वाह गरेकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरिएको हो ।
राखेपले बिहीबार प्रशिक्षक लामाको योगदानप्रति कदर गर्दै सरकारी सेवाका लागि युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको छ । उनको प्रशिक्षणमा पलेशा गोवर्धनले पेरिसमा कांस्य पदक जितेकी थिइन् ।
स्वयम्सेवक प्रशिक्षकका रूपमा लामाले नेपाललाई ११ वटा अन्तर्राष्ट्रिय पदक दिलाएका छन् । यो सफलतामध्ये चौथो एसियाली पारा खेलकुदमा नेपालले पहिलोपल्ट कांस्य पदक जितेको पनि छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा उनीहरूका प्रशिक्षकलाई सफलताको कदर गर्दै राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो । लामा अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षकसमेत हुन् ।























