अग्रवाल युवा मञ्चको खेल महोत्सव आजदेखि

Share this
758shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २१, शुक्रबार ०९:४०

काठमाडौं । अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव आजदेखि सुरु हुँदैछ । मारवाडी समुदयकाले मात्र सहभागिता जनाउन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ ।

महोत्सवमा क्रिकेट, फुटसल, टेबलटेनिस, ब्याडमिन्टन र पौडीमा प्रतिस्पर्धा हुने मञ्चका अध्यक्ष प्रवीण गर्गले जानकारी गराए । करिब ३ सय खेलाडीको सहभागिता रहने महासचिव विनय अग्रवालले जनाएका छन् ।

दुई दिने महोत्सवका खेलहरु धन्यन्तरी स्पोर्ट्स हबमा खेलाइने छ । पत्रकार सम्मेलनमा सांसद् चन्द्र भण्डारीले ट्रफीका साथै जर्सी सार्वजनिक गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.