एन्फा महिला लिगमा डबल ह्याट्रिक गोलले पुलिसको शानदार जित

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २१, शुक्रबार १९:३२

काठमाडौं । विभागी टोली नेपाल पुलिस क्लबले डबल ह्याट्रिक गोल गर्दै शानदार जित निकाल्दा संकटा र चन्द्रपुर नगरपालिकाले अंक बाँडको छन् ।

एन्फा महिला लिग प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९–० फराकिलो गोल संख्याले पराजित गरेको छ । पुलिसकी निरु थापा र दीपा न्यौपानेले ह्याट्रिक पूरा गरे भने पूजा राना मगर, अनुष्का शेर्पा र जिमकुमारी गुरुङले समान १–१ गोल गर्दै टोलीलाई शानदार जित दिलाए ।

पहिलो खेलमा नेपाल एपिएफ क्लबसँग बराबरीमा रोकिएको पुलिसले पहिलो जित निकालेको हो । सुदूरपश्चिमले भने लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा सुदूरपश्चिम बागमती युथ क्लबसँग पराजित भएको थियो ।

त्यस्तै अर्को खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिका गोलरहित बराबरीमा खेल्दै अंक बाँडेका छन् ।

पहिलो खेलमा विभागी टोली त्रिभूवन आर्मी क्लबसँग पराजित संकटाले पहिलो अंक जोडेको हो भने चन्द्रपुरको यो यो दोस्रो बराबरी नतिजा हो । चन्द्रपुर पहिलो खेलमा कर्णाली प्रदेशसँग बराबरीमा रोकिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.