गोल्डेनगेटलाई बास्केटबल उपाधि

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २२, शनिबार १८:१८

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम अन्तर कलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

प्रतियोगितामा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४२–४० को साँघुरो अन्तरले पराजित गर्दै उपाधि जितेको हो । गोल्डेनगेटकी सन्ध्या डंगोलले सर्वाधिक १८ अंक बनाइनन् । प्रोफेसनल एजुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा सन्ध्यानै ‘मोस्ट भेलुएबल प्लेयर’ भइन् ।

अत्तिरिक्त समयको खेल ३–१ ले आफ्नो पक्षमा पार्दै गोल्डेनगेटले जित निकालेको हो । निर्धारित समयको खेल ३९–३९ को बराबरीमा टुंगिएको थियो । निर्धारित समयको चार क्वाटरमा गोल्डेनगेटले क्रमशः १०–११, ७–४, ८–१० र १४–१४ को प्रदर्शन गरेको थियो ।

उपाधिसँगै गोल्डेनगेटले २० हजार तथा उपविजेता जेभियरले १० हजार नगदसहित ट्रफी, पदक प्राप्त गरेको छ ।

विजेतालाई अस्ट्रेलियन क्याथलिक युनिभर्सिटी (एसियू) की रिजनल मार्केटिङ म्यानेजर कोल्मा फेच्नर, एसियूकी रिजनल म्यानेजर अनुष्का श्रेष्ठ, पिइसीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत एसके श्रेष्ठ, पिइसीका प्रोग्राम डाइरेक्टर राजु सिंह, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मालगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.