ठूला दलका कारण देश संकटमा : लिङ्देन

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २४, सोमबार २०:३१

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ३ ठूला दल भनिएकाहरुबाट देशमा संकट आउन थालेको बताएका छन् ।

विराटनगरमा सोमबार आयोजित ज्येष्ठ सदस्य सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला दलकै कारण देशमा संकट आएको बताएका हुन् । उनले पछिल्लो समय राजनैतिक अस्थितरताले देश र धर्म दुवै संकटमा परेको बताए ।

विभिन्न कारण देश र धर्म संकटमा रहेको हुँदा जोगाउनु पर्ने बताउँदै, अध्यक्ष लिङ्देनले भने, ‘अहिले विभिन्न राजनीतिक घटनाक्रमले देश र धर्म दुवै संकटमा रहेको छ । देशको अस्तित्व पनि खतरामा पर्दै गएको छ । यसलाई जोगाउने एक मात्र हाम्रा पार्टी हो ।’

माओवादी, एमाले, काँग्रेसलगायतका पार्टीले हाम्रो राष्ट्रियता सार्वभोम खतरामा रहेको कुरा बिर्सिएको अध्यक्ष लिङ्देनले जोड दिए । उनले भने, ‘हाम्रो देशको अस्तित्व खतरामा छ । त्यसलाई जोगाउनु पर्नेछ । देश जोगाँउदै बनाउनु पर्नेछ । अहिलेको व्यवस्था, अहिलेकै नेतृत्वबाट अब देश बन्दैन ।’

एमाले काँग्रेसको दुई तिहाइको सरकार कुहिरोमा हराएको काग झैं भएको छ । अध्यक्ष लिङ्देनले संविधान त्रुटी नै त्रुटीको बण्डल भएको उल्लेख गरे । दुई दलले आफ्नो अकर्मण्डयतालाई ढाक छोप गर्नका लागि गठबन्धन गरेका हुन् ।

अहिले संविधान संशोधनको कुरा गरेको बताउँदै, अध्यक्ष लिङ्देनले भने, ‘संविधानलाई त हामीले बारम्बार भनेका छौ, संविधान त्रुटी नै त्रुटीको बण्डल हो । यो पनि जोड्ने त्यो पनि जोड्ने भनेर दश तिरका कुरा बोकेर जोड्ने हुँदा संविधानलाई कुरुप अवस्थामा पुर्याए । आज यो संविधानसमेत देशको समस्या भएको छ ।’

देशमा अभिभावकीय संस्थाको रुपमा राजा ल्याउने व्यवस्था हुनुपर्छ । जनताले प्रत्यक्ष निर्वाचित हुने कार्यकारी प्रधानमन्त्री बनाउने व्यवस्था हुनुपर्ने, अध्यक्ष लिङ्देनले बताए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.