
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशनस्थलबाटै पक्राउ गरेको छ । सुरक्षाकर्मी र केदार समर्थकबीच दोहोरो झडप भएको थियो ।
झडपपछि कार्की र उनका केही समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुको संख्या यकिन छैन । झडपमा परेर केही अनशनकारी र प्रहरी घाइते भएका छन् । घाइतेहरुको संख्या पनि यकिन छैन ।
झडपका कारण प्रदेशसभा भवननजिकको अनशनस्थल तनावग्रस्त बनेको छ । थप विवरण आउन बाँकी छ ।

























