
धनकुटा । धनकुटाको सहिदभूमि गाँउपालिका–४ खोकुबाट लागुऔषध गाँजासहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सहिदभूमि–४ का २५ वर्षीय मेघराज राईलाई लागुऔषध गाँजासहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जनाकारी दिए ।
उनकाअनुसार को १ च ९२९० नम्बरको पिकअप गाडीलाई शंका लागि प्रहरी चौकी आखिँसल्लाको टोलीले चेक गर्दा गाँजा फेला परेको थियो ।
पक्राउ परेका राई उक्त गाडीका चालक हुन् । रातको समयमा सामान बोकेको पिकअप गाडी शंका लागि चेक गर्दा गाडीमा २५ वटा बोरामा लोड गरी राखेको २ सय ८७ केजी गाँजा बरामद भएको बताउँदै, एसएसपी दाहालले भने, ‘रातको समयमा लोड गाडी त्यसरी नहिँड्नु पर्ने हो भनी शंका लागेर चेक गर्दा गाँजा फेला प¥यो । पक्राउ परेका राई चालक मात्रै हुन् वा उनी नै लागुऔषध कारोबारमा संलग्न हो, होइन भन्ने अनुसन्धान थालेका छौं ।’
लागुऔध गाँजा, पिकअप र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।


















