
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
शुक्रबार उनले नेपाली कांग्रेसबाट तीन जना मन्त्री र एक राज्यमन्त्रीलाई नियुक्त गरेका हुन् । भुपेन्द्र राईलाई भौतिक पूर्वधार, खगेनसिह हाङ्गामलाई उद्योग कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री नियुक्त गरेका हुन् । भूमी राजवंशीलाई भाैतिक पूर्वाधार राज्यमन्त्री नियुक्त गरेका छन् ।
उनीहरुले प्रदेश प्रमुखबाट शपथ ग्रहण पनि गरेका छन् । योसँगै प्रदेशको मन्त्रीपरिषद् संख्या १० पुगेको छ ।
कांग्रेसको नेतृत्व गर्दै राई भौतिक पूर्वधार मन्त्री बनेका हुन् । उनी कृष्णप्रसाद सिटौला समूहका हुन् ।उद्योग कृषि तथा सहकारी मन्त्री बनेका हाङगाम र पर्यटन, वन, वातावरण मन्त्री बनेका मण्डल शेरबहादुर देउवा पक्षका हुन् । राजवंशी पनि कृष्ण सिटौला पक्षका हुन् ।


























