एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गर्यो : प्रचण्ड

Share this
617shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २९, शनिबार १३:२०

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले ‘हिंसा’ शब्द प्रयोग गरेर एमालेले माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गर्न खोजेको बताएका हुन् । उनले त्यो कुरा नसच्याए संसदमा माओवादीको विरोध जारी रहने स्पष्ट पारेका छन् ।

संविधानको सशस्त्र संघर्ष सम्बन्धी व्याख्यामा माओवादी जनयुद्ध भनेर व्याख्यात्मक टिप्पणीमा राखिएको र सर्वदलीय सहमतिका आधारमा सबैको हस्ताक्षर भएको ‘डकुमेन्ट’ आफूले विपक्षी दलको नेताको हैसियतमा संसदमा पढेर सुनाएको प्रचण्डले बताए । ‘अहिले एमाले नेतृत्वले ‘हिंसा’ शब्द प्रयोग गरेर माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गर्ने गरेको छ । त्यो चैं उहाँहरु (एमाले)ले सच्याउनुपर्छ । नत्र हाम्रो विरोध जारी रहन्छ,’ उनले भने ।

उनले राजनीतिमा ‘एक्जिट’ भन्ने नहुने दाबी गरे । ‘सच्चा राजनीतिज्ञहरु बाँचुनजेल पनि राजनीति गरी नै राख्छन् । मरेपनि गर्छन् भन्ने छ ‘फिलोसोपी’ । मरेपछि पनि राजनीतिज्ञहरु मर्दैनन् । उनीहरुले राजनीति गरी नै राखेका हुन्छन् । राजनीतिमा ‘एक्जिट’ भन्ने वैज्ञानिक कुरा हैन,’ प्रचण्डले भने ।

उनले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरामा आफ्नो कुनै सम्झौता नरहेको स्पष्ट पारेका छन् । भागमा न्यायाधीश पाएमा उपसभामुखलाई हटाउन लागेको भनेर कसैले भ्रम छर्ने र नियोजित रूपमा प्रचार गरेको हुनसक्ने उनको भनाइ छ ।

‘उपसभामुख एउटा इमान्दार, जनजातिको महिला । जो बाल बच्चाको बच्चाको निम्ति त्यत्रो राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त छन् । उहाँले केही नजानेर ‘टेक्निकल्ली’ त्रुटि गर्नु भएको सजाय त्यत्रो दिनु हुँदैन । हटाउन हुँदैनभन्नेमा दृढ छौं,’ प्रचण्ड भन्छन्, ‘हटाउन लागेको भनेर भ्रामक र कपोलकल्पित कुरा गरेका हुन् । यो विल्कुल गलत हो । हामीले त्यस्तो भनेको र सोचेको पनि छैन । बरु उपसभामुख हटाउने कुराबाट कांग्रेस र एमाले नै पछि हट्नुहुन्छ होला ।’ प्रचण्डले सबै रिक्त रहेका संवैधानिक आयोगको नियुक्तिको विषयमा कुरा र छलफल अघि बढिरहेको जानकारी पनि दिए ।

अहिलेको व्यवस्थाविरुद्ध दुर्गा प्रसाईंलगायतले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने भनेर गरेको कुरालाई आफूहरुले महत्व नदिएको उनले बताए । ‘हामी आफ्नै पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर लागेका छौं । सबै प्रदेशमा गएर पार्टीलाई केन्द्रित गर्ने प्रयास गरेका छौं । समाजवादी मोर्चा, वामपन्थी र लोकतन्त्रवादी पार्टीहरुसँग पनि कुराकानी चलिरहेको छ । व्यक्तिहरुका हकमा त्यति महत्व दिएका छैनौं । दिँदैनौं पनि,’ प्रचण्डले भने ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.