धरानको सेउती खोलामा मध्यरातमा भेटियो पूर्वप्रहरीको शव

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३०, आइतबार ०९:४४

धरान । धरान–१५ स्थित सेउती खोलामा शनिबारको मध्यरातमा पूर्वप्रहरी लक्ष्मण बराइलीको शव फेला परेको छ ।

धरान–५ बीच देउराली घर भएका ३५ वर्षीय बराइली मृत अवस्थामा शनिबार राति १२ बजेतिर सेउती खोलामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश लिम्बूले जानकारी दिए । उनका अनुसार मृत फेला परेका बराइली पूर्वप्रहरी हुन् ।

बराइली धरान–१५ स्थित एक गृल उद्योगमा एक गर्दथे । कामबाट फर्कने क्रममा खोलामा उनलाई मृत अवस्थामा भेटिएको हो । मृतक अत्याधिक मादक पदार्थ सेवन गर्ने बानी भएकाले त्यस बेला पनि धेरै सेवन गरेको र खोला तर्ने क्रममा लडेर मृत्यु भएको हुनसक्ने आशंका गरेको प्रहरीले जनाएको छ ।

राति ११ बजेसम्म घर नआएपछि खोज्ने क्रममा रातको १२ बजेतिर खोलामा मृत अवस्थामा छोरालाई भेटेपछि बुवाले प्रहरीलाई खबर गरेका थिए । बुवाका अनुसार छोराले मादक पदार्थ सेवन गरे पनि छोराको शरीरमा चोटहरू देखिएकोले मादक पदार्थ खाएकै कारण मृत्यु भएको भन्न सकिँदैन । मृतकका १ छोरा १ छोरी छन् ।

मादक पदार्थ सेवनबाटै मृत्यु भएका हो वा होइन भन्न अहिले यसै नसक्ने बताउँदै, डीएसपी लिम्बूले भने, ‘शवलाई पोस्मार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको र अन्य अुनसन्धानकाको काम थालिसकेका छौं ।

पोस्टमार्टमको रिपोर्टबाट पनि मृत्युको केही कारण खुलेपछि मात्रै अन्य कुरा खुल्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.