काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले घटाएको छ ।
आयल निगमले सूचना जारी गर्दै आज राति १२ बजेदेखि लागू हुनेगरी डिजल र पेट्रोलको मूल्य घटाएको हो ।
डिजेलमा प्रतिलिटर ५ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको हो ।