नोबेलले विस्तार गर्यो क्यान्सरको उपचार सेवा

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ आश्विन २, बुधबार ०८:३१

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालले क्यान्सर रोगको उपचार सेवालाई थप विस्तार गरेको छ ।

क्यान्सरको उपचारका लागि निर्मित नयाँ भवनमा रेडिएसन थेरापी सेवा सुरु गरिएको अस्पतालका महाप्रबन्धक दिपेश राईले बताए । ३ अर्ब लगानीमा रेडिएसन थेरापीका लागि बङ्करसहितको भवन र अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिएको जानकारी उनले दिए ।

यससँगै, नोबेलमा दैनिक बहिरंग सेवा, दिवा हेरचाह, भर्ना भएका बिरामीको उपचार गरिने अन्तरंग सेवा, किमोथेरापी, रेडिएसन थेरापी, शल्यक्रियालगायतका सम्पूर्ण सेवाहरु उपलब्ध हुने महाप्रबन्धक राईको भनाइ छ । उनका अनुसार मुलुकमा पहिलोपटक भेरिएन कम्पनीको एज नामक रेडिएसन थेरापीको अत्याधुनिक उपकरण, ब्राकीथेरापी, सिमेन्स कम्पनीको सोमाटोम गोसिम आरटीसीटी मेसिनलगायत अत्याधुनिक उपकरणहरुबाट रेडिएसन थेरापी सुरु गरिएको छ ।

अस्पतालका क्यान्सर रोगका विशेषज्ञ डा. प्रदीप भण्डारीका अनुसार रेडिएसन थेरापीको लागि जडान भएको एज कम्पनीको उपकरणमा रहेको सिक्स डी काउच, हाइपर आर्क, एचडीएमआईसी, पछिल्लोसमयको अत्याधुनिक प्रविधि हो। ती उपकरणमा रहेको एसआरएस एसबीआरटीले शरीरभित्रको क्यान्सर शल्यक्रियाबिनानै निर्मूल गर्ने जानकारी उनले दिए ।

त्यसैगरी, आइजीआरटी, आइएमआरटी भिम्याटले शरीरभित्रको सामान्य र स्वस्थ्य कोषलाई क्षति नपुर्याइ क्यान्सर सेक्ने डा. भण्डारीको भनाइ छ । जसले हाल जडान गरिएको रेडिएसन थेरापीलाई थप प्रभावकारी र सटिक बनाउने उनले बताए ।

क्यान्सरको उपचारलाई सहज बनाउन नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार कोषअन्तर्गत क्यान्सर रोगको उपचार सेवा पनि प्रदान गर्न नोबेल सूचीकृत भइसकेको अस्पतालका महाप्रबन्धक राईले बताए ।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×