संविधान दिवसमा ‘लघुवित्त संरक्षणको नारा’

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ३, बिहीबार १४:११

विराटनगर । संविधान दिवसको अवसरमा कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित प्रभातफेरीमा लघुवित्त संरक्षणको आवाज उठेको छ

लघुवित्त वित्तीय संस्थाविरुद्ध राजनीतिक हस्तक्षेप बढेको भन्दै लघुवित्तका सदस्यहरूले संविधान दिवसमा आयोजित प्रभातफेरीमा संरक्षणका लागि आवाज उठाएका हुन् । संविधान दिवसको दिन बिहीबार बिहान विराटनगरमा निकालिएको प्रभातफेरीमा जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त, गुराँस र सपोर्टलगायत लघुवित्तका सदस्य तथा कर्मचारीले वित्तीय साक्षरतासहित लघुवित्त संरक्षणको गर्न माग गरे ।

लघुवित्त सदस्यले ‘लघुवित्त हाम्रो घर हो, घर भाँड्न पाइँदैन, लघुवित्तलाई संरक्षण गर, लघुवित्तमाथिको राजनीतिक हस्तक्षेप बन्द गर’लगायतको ‘प्ले कार्ड’सहित प्रभातफेरीमा सहभागी भएका थिए । लघुवित्तमाथि भइरहेको अनावश्यक हस्तक्षेप रोक्नका लागि आग्रहसहित विभिन्न लघुवित्तका सदस्यले प्रभातफेरीमा सहभागिता जनाएको जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रवक्ता सुदीप मण्डलले जानकारी दिए ।

संविधान दिवसमा विराटनगरको आदर्श स्कुलबाट सुरु भएको प्रभातफेरी अस्पताल चोक, जलजला चोकबाट मेनरोड हुँदै गोल्छा चोकबाट पून आदर्श स्कुलमा नै पुगेर समापन भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशले आयोजनामा भएको प्रभातफेरीमा १५ वटा जातजातिका झाँकीसहित निजामती कर्मचारी, विद्यार्थी, नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सदस्य, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलगायत सहभागी थिए ।

प्रभातफेरीपछिको औपचारिक समारोहमा संविधान दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.