पूर्वडीआईजी छविलाललाई ५ दिन हिरासतमा राख्न अनुमति

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ७, सोमबार १९:५६

पोखरा । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले सोमबार अनुमति दिएको छ ।

अदालतको अनुमतिसँगै जोशीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप लागेका उनलाई आइतबार काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।

जोशीमाथि ३ अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ । जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने बताइएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.