एन्फा एकेडेमीका ३ विद्यार्थीको शव फेला

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १२, शनिबार १५:४३
सांकेतिक तस्बिर

हेटौंडा । एन्फा एकेडेमीका ३ विद्यार्थीको शव भेटिएको छ । अरु ३ जना विद्यार्थी बेपत्ता भएका छन् ।

एन्फा एकेडेमीमा बस्दै इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत ६ जना विद्यार्थीहरु पहिरोमा पुरिएको आशंका गरिएको थियो ।

तीमध्ये ३ जनाको शव फेला परे पनि उनीहरुको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताएका छन् ।

कुलेखानी जलविद्युत आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.