विराटनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १७, बिहीबार २१:०८

विराटनगर । विराटनगर महानगरपालिका–१८ स्थित आईसीपीनजिकै ट्रकले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट विराटनगर–१८ लवाघाटका ६० वर्षीय श्याम साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । विराटनगरबाट आईसीपीतर्फ जाँदै गरेको ट्रकले सोही दिशातर्फ साइकलमा जाँदै गरेका साहलाई बिहीबार साँझ पौने ७ बजेतिर ठक्कर दिएको थियो ।

आईसीपीतर्फ जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले साहलाई ठक्कर दिँदा टाउको र शरीरको विभिन्न भागमा चोट लागी तत्कालै उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो । उनी गम्भीर घाइते भएका थिए ।

साहलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटना हुनसाथ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश थापा नेतृत्वको टोलीले साहलाई अस्पताल पठाइ ट्रक चालकको खोजी गरिरहेको छ ।

दुर्घटनापछि ट्रक र साइकल नियन्त्रणमा लिएर फरार भएका ट्रक चालकको खोजी कार्य तीव्र पारी घटनाको थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.