पेस्तोलसहित पक्राउ

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १८, शुक्रबार १५:०५

ताप्लेजुङ । प्रहरीले ताप्लेजुङबाट पेस्तोलसहित १ जनालाई पक्राउ गरेको छ ।

मिक्वाखोला गाउँपालिका–२ ओइराबु बस्ने २० वर्षीय उदय पन्थ पक्राउ परेका हुन् । प्रहरीका अनुसार पन्थलाई एउटा अटोमेटिक पस्तोलसहित बुधबार पक्राउ गरिएको हो ।

प्रहरीले घर खानतलासी गर्दा पेस्तोल फेला परेको जनाएको छ । यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.