
काठमाडौं । चलचित्र ‘छक्कापञ्जा ५’ले दुई दिनमा ५ करोडको हाराहारीमा कमाइ गरेको छ ।
घरेलु बक्स अफिसमा आक्रामक ओपनिङ गरेको यो चलचित्रले विहिबार र शुक्रबार देशब्यापी ४ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टको दाबी छ ।
वितरक मनोज राठीले पहिलो दिन फिल्मले १ करोड ८० लाखदेखि २ करोडसम्म कमाइ गरेको बताए । उनी यो कमाइलाई सिरिजकै रेकर्ड ब्रेक मान्छन् ।
शुक्रबार फिल्मको देशब्यापी कलेक्सन पहिलो दिनकै तहमा थियो । फिल्म देशभर झण्डै २५० शोमा प्रदर्शनरत छ ।
निर्माता तथा अभिनेता दीपकराज गिरीले दर्शकबाट सकारात्मक समीक्षा मिलिरहेको प्रतिक्रिया दिएका छन् ।



















