मोरङका एसपी नवराज कार्की हेडक्वार्टर तानिए

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २, शुक्रबार १२:३७

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीलाई हेडक्वार्टर (प्रहरी प्रधान कार्यालय) तानिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख कार्कीलाई हेडक्वार्टर तानेर उनका ठाउँमा एसपी राजन लिम्बूलाई पठाइएको छ । लिम्बू प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए ।

मोरङबाट एसपी कार्कीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए । उनका अनुसार केही विषयमा बुझ्नुपर्ने र छानबिन गर्नुपर्ने भएका कारण एसपी कार्कीलाई हेडक्वार्टर झिकाइएको हो ।

तर, एसपीलाई सरुवा गर्नुको कारण भने थाहा नभएको डीआईजी कार्की बताउँछन् । उनलाई फिर्ता बोलाउनुको कारण प्रहरी प्रधान कार्यालयले समेत खुलाएको छैन ।

एसपी कार्कीको जिल्ला प्रहरी प्रमुखका रुपमा २०८० फागुन २ गते सरुवा भएको थियो । फागुन ७ गते मोरङ हाजिर भएका थिए । उनलाई ८ महिनामै सरुवा गरिएको हो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.