कांग्रेस छाडेर माओवादी प्रवेश गरेकालाई गाउँपालिका अध्यक्षको टिकट

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ५, सोमबार १५:५१

विराटनगर । आगामी स्थानीय तह उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले अर्कै पार्टीबाट प्रवेश गरेकालाई मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको टिकट दिएको छ ।

माओवादीले गाउँपालिकामा अध्यक्षको उम्मेदवार सोमबार घोषणा गरेको हो । केही समयअघि मात्रै नेपाली कांग्रेस छाडेर माओवादी प्रवेश गरेका नमोनारायण माझीले गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने अवसर पाएका छन् ।

ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार आयोजित कार्यक्रमबाट माझीलाई अध्यक्षको उम्मेदवार घोषणा गरिएको हो । माझी केही समयअगाडि कांग्रेस छोडेर माओवादीमा प्रवेश गरेका थिए ।

उनी यसअघि २०७४ सालमा ग्रामथान गाउँपालिका–१ को वडाध्यक्ष निर्वाचित भएका थिए । तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचिन भएका उनी गत २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका थिए । तर, तेस्रो भए ।

कांग्रेस छाडेर माओवादी रोजेपछि अहिले गाउँपालिका अध्यक्षकै उम्मेदवार बन्ने मौका पाएका छन् । अर्कै पार्टीबाट आएकालाई टिकट दिएको भनेर माओवादीभित्र असन्तुष्टि बढेको छ ।

लामो समयदेखि पार्टीमा बसेर योगदान गर्ने तथा संगठन निर्माणमा अहोरात्र खटिनेहरु भने अवसरबाट बञ्चित भएका छन् । माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादीका नेताहरू सावित्रीकुमार काफ्ले, पूर्वमन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो ।

आगामी मंसिर १६ गतेका लागि उपनिर्वाचन घोषणा गरिएको छ । उक्त निर्वाचनका लागि कांग्रेस र एमालेले भने उम्मेदवारको टुंगो लगाइसकेका छैनन् ।

स्थानीय तहको २०७९ सालमा सम्पन्न निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथान गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । हृदयघातका कारण उनको मृत्युु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

तपाइको प्रतिक्रिया
अन्तर्राष्ट्रिय विद्यार्थी दिवस: साहस र अधिकार सम्झाउने दिन
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.