धनराजकी पूर्वपत्नीसहित २ जनाविरूद्ध रेड कर्नर नोटिसका लागि सिफारिस

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ६, मंगलबार १५:४८
धनराज र उनकी पूर्वपत्नी ज्योति ।

काठमाडौं । कांग्रेस उपसभापति धनराज गुरूङकी पूर्वपत्नी ज्योति गुरूङविरूद्व रेड कर्नर नोटिस जारीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेको छ ।

ललितपुरको मितेरी सहकारीको बचत रकम अपचनलको आरोपमा ज्योतिसँगै ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सिआइबीले प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गरेको हो ।

धनराज र ज्योतिबीच सम्बन्ध विच्छेद भइसकेको छ । तर उनीहरूबीचको सम्बन्ध विच्छेद नक्कली भएको बताइन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.