
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दैछन् ।
दिउँसो ३ बजे सिंहदरबारबाट सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बनेका थिए । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा ७ बुँदे सहमति भएपछि ओली प्रधानमन्त्री बनेका हुन् ।
यसैबीच प्रधानमन्त्री ओलीको आह्वानमा सत्तारुढ दलको बैठक बालुवाटारमा जारी छ । बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्यदिशा र समसामयियक राजनीतिक विषयमा भइरहेको बताइएको छ ।
बैठकमा सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन् ।

























