
एजेन्सी । बेलायतमा पहिलोपटक मंकीपक्स भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य अधिकारीहरूले हालै मात्र यस भाइरसको पहिलो संक्रमण देखिएको जानकारी दिएका छन्।
संक्रमण र फैलावट तीव्र हुने भएकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकीपक्सलाई विश्वको ठूलो स्वास्थ्य समस्या ठानेको छ । हालको केसले बेलायतमा पनि थप सतर्कता अपनाउनुपर्ने संकेत दिएको छ।
मंकीपक्स सामान्यतया अफ्रिकाका जंगल क्षेत्रमा पाइने र कम समयमा धेरै व्यक्तिमा फैलनसक्ने भाइरस हो। जनावरहरूबाट मानिसहरूमा सर्ने भएकाले संक्रमणको सम्भावना उच्च रहन्छ।
यस भाइरसका लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र शरीरभरि रातो दाग आउने हुन्छ । बेलायतको स्वास्थ्य विभागले यस संक्रमणलाई नियन्त्रण गर्न आवश्यक तयारी गरिरहेको र मंकीपक्सको कुनै लक्षण देखिएमा तुरुन्तै चिकित्सकीय परामर्श लिन आग्रह गरेको छ।
मंकीपक्सको संक्रमण फैलन थालेपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो। अफ्रिकामा पुगेर फर्किएका बेलायती नागरिकमा संक्रमण पुष्टि भएको जनाइएको छ । संक्रमितको लन्डनस्थित रोयल फ्री अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ ।

























