विश्वकपमा घानाले पानामालाई हरायाे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ४, बिहीबार ०६:५६

काठमाडौं । फिफा विश्वकप २०२६ मा घानाले पानामालाई १-० ले हराउँदै विजयी सुरुवात गरेको छ । इन्जुरी टाइमा गरेको गोल मदतमा घानाले विजयी सुरुवात गरेकाे हाे ।

क्यानडाको टोरन्टो स्टेडियममा बिहीबार भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरे ।

Advertisement

बराबरीतर्फ अग्रसर खेलको दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गरेका थिए ।

यो जितपछि घानाले ३ अंक जोड्दै विश्वकप सुरुवात गरेको छ ।

इंग्ल्यान्ड र क्रोएसिया जस्ता टिम यस समूहमा जितपछि घानाले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ । साेही समूहकाे अर्काे खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.