मोरक्कोसँग स्कटल्याण्ड पराजित

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार ०६:१५

अमेरिका । फिफा विश्वकप २०२६ मा आफ्नो पहिलो जित हात पार्दै मोरक्कोले समूह चरणको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । शनिबार भएको खेलमा स्कटल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै मोरक्कोले महत्वपूर्ण तीन अंक बटुलेको हो ।

खेल सुरु भएको केही क्षणमै मोरक्कोले अग्रता लिएको थियो । टोलीका इसामेल सैबरीले खेलको ७० सेकेन्डमै गोल गर्दै आफ्नो टोलीलाई अघि बढाएका थिए । विश्वकप २०२६ मा हालसम्म भएका खेलमध्ये यो सबैभन्दा छिटो गोलसमेत बनेको छ ।

सैबरी यसअघि ब्राजिलविरुद्धको खेलमा पनि गोल गर्न सफल भएका थिए । ब्राजिलसँगको खेल १–१ को बराबरीमा सकिँदा मोरक्कोले एक अंक प्राप्त गरेको थियो । स्कटल्याण्डमाथिको जितपछि थप तीन अंक जोड्दै मोरक्कोले समूह तालिकामा आफ्नो अंक संख्या चार पुर्‍याएको छ ।

स्कटल्याण्डले खेलभर बराबरी गोल फर्काउने प्रयास गरे पनि मोरक्कोको रक्षापंक्तिलाई तोड्न सकेन । परिणामस्वरूप टोलीले प्रतियोगितामा पहिलो हार बेहोर्नु पर्‍यो ।

यसअघि समूह चरणको पहिलो खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । त्यस जितबाट प्राप्त तीन अंकका आधारमा स्कटल्याण्डले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको थियो । तर, मोरक्कोसँगको हारपछि उसको यात्रामा दबाब थपिएको छ ।

यता, पहिलो जित निकालेसँगै मोरक्कोले नकआउट चरण प्रवेशको सम्भावनालाई जीवन्त राखेको छ । समूहको अन्तिम चरणका खेलले अब दुवै टोलीको भविष्य निर्धारण गर्नेछ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×