मेक्सिको अघिल्लो चरणमा

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ६, शनिबार ०६:२२

मेक्सिको । सहआयोजक मेक्सिको फिफा विश्वकप फुटबलको अन्तिम ३२ (राउण्ड अफ ३२)मा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत शुक्रबार राति ग्वाडालाजारामा भएको खेलमा दक्षिण कोरियालाई १–० गोलले पराजित गर्दै मेक्सिकोले नकआउट चरणको यात्रा तय गरेको हो ।

मेक्सिकोको जितमा लुइस रोमो नायक बने । उनले खेलको ५०औँ मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक सावित भयो । दक्षिण कोरियाले खेलभर बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।

लगातार दोस्रो जित निकालेको मेक्सिकोले दुई खेलबाट ६ अंक जोड्दै एक खेल बाँकी रहँदै नकआउट चरणमा स्थान सुरक्षित गरेको हो । पराजित दक्षिण कोरियाको भने दुई खेलबाट ३ अंक रहेको छ ।

समूह चरणको पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो भने दक्षिण कोरियाले चेक रिपब्लिकमाथि जित निकालेको थियो । त्यसैले दोस्रो खेलको नतिजाले मेक्सिकोलाई अघिल्लो चरणमा पुर्‍याउँदा दक्षिण कोरियालाई अन्तिम खेलमा जितको दबाब बढाएको छ ।

सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ को संस्करणमा भने समूह चरणबाटै बाहिरिएको थियो । यसपटक घरेलु समर्थकमाझ खेलिरहेको मेक्सिकोले पुनः नकआउट चरणमा स्थान बनाउँदै आफ्नो दाबेदारी बलियो बनाएको छ ।

यस विश्वकपमा कुल ३२ टोली राउण्ड अफ ३२ मा पुग्ने व्यवस्था छ । प्रत्येक समूहका शीर्ष दुई टोलीले स्वतः स्थान बनाउनेछन् भने तेस्रो स्थानमा रहने टोलीहरूमध्ये उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा अवसर पाउनेछन् ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×