लुटपाटको आरोपमा असइ र जवान पक्राउ

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २२, बिहीबार १६:४१

काठमाडौं । लुटपाटको आरोपमा नेपाल प्रहरी असइ (सहायक निरीक्षक) र जवान पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत असइ अनबहादुर पुन र प्रहरी जवान धीर बुढालाई पक्राउ गरिएको उच्च प्रहरी स्रोतले बतायो । स्रोतका अनुसार कलंकीस्थित एक रेस्टुरेन्टबाट पैसा लुटपाट प्रकरणको अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरिएको हो ।

पैसा लिएर आउने युवक र बिचौलिया भने फरार रहेको प्रहरीले जनाएको छ । पुन र बुढाले उनीहरूसँग २५ लाख मागेको प्रहरीको भनाइ छ । यद्यपि, यस विषयमा थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.