जापान भ्रमण विवादमा लिलाबल्लभ अधिकारीलाई एमालेले गर्यो कारबाही

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २४, शनिबार १५:२२

विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा (एमाले)ले कारबाही गरेको छ ।

अधिकारी मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार विज्ञप्ति जारी गर्दै अधिकारीलाई पार्टीबाट कारबाही गरिएको जानकारी दिएका छन् ।

अधिकारी र पार्टीमाथि मानव तस्करीजस्तो गम्भीर आरोप विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा लगाएर घटनालाई ढाकछोप गर्ने वा हल्का बनाउने प्रयास भइरहेको भन्दै एमालेले ध्यानाकर्षण भएको जनाएको छ । एमालेले मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।

अधिकारी एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य थिए । आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी संगठित सदस्यबाट समेत निलम्बन गरिएको पार्टीका प्रदेश अध्यक्ष खतिवडाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘मन्त्रीको हैसियतमा केहीदिन अगाडि वैदेशिक भ्रमण सम्बन्धीका आवश्यक मापदण्ड तथा प्रकियासमेतको बेवास्ता गरी पदीय मर्यादाविपरीत जापानको भ्रमण गर्नु भएकोमा उहाँ (अधिकारी)लाई पार्टी र संसदीय दलले मन्त्री पदबाट राजीनामा गराइसकेको कुरा सबैमा सार्वजनिक भइसकेको छ,’ एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जापान भ्रमण सम्बन्धी विवादमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिएका अधिकारीले आफूलाई एमालेको जिम्मेवारीबाट समेत हटाउन माग गर्दै शुक्रबार पार्टीलाई निवेदन दिएका थिए । उनले पार्टीका प्रदेश अध्यक्ष खतिवडालाई हस्तलिखित निवेदन बुझाउँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गराउन माग गरेका हुन् ।

अधिकारी आफैंले माग गरेको भोलिपल्ट एमालेले जिम्मेवारीबाट निलम्बन गरिएको औपचारिक जानकारी दिएको हो । घटनाको अनुसन्धान स्वतन्त्र र निष्पक्ष होस् भनेर सहयोग पुर्याउने उद्देश्यले मन्त्री पदबाट राजीनामा दिएको तथा पार्टीको जिम्मेवारीमा रहन नचाहेको अधिकारीले बताउँदै आएका छन् ।

दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताउँदै अधिकारीले अनुसन्धानका सबै प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अधिकारीले आफ्नो जापान भ्रमणमा प्रक्रियागत त्रुटि र कूटनीतिक मर्यादाको उल्लंघन भएको स्वीकार गरेका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.