
काठमाडौं । नेकपा (एमाले)का कोशी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुसालको इजलासले अनुसन्धानका लागि हिरासतमा राख्न म्याद दिएको हो । आइतबार विराटनगरस्थित निवासबाट अधिकारीलाई पक्राउ गरेर काठमाडौं लगिएको थियो । आइतबार नै प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराएको हो ।
अधिकारीमाथि मानव बेचबिखनसम्बन्धी कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । जापान भमणका क्रममा असम्बन्धित मान्छेलाई लिएर गएको र मानव तस्करी गरेको आरोप उनीमाथि लागेको छ ।

























