मोरङको कानेपोखरीमा देवरको खुकुरी प्रहारबाट भाउजू गम्भीर

Share this
750shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २५, आइतबार १७:४४

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–४ बयरवनमा देवरले भाउजूमाथि खुकुरी प्रहार गरेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार देवरको खुकुरी प्रहारबाट ५५ वर्षीया शिवा श्रेष्ठ (सार्की) गम्भीर घाइते भएकी छन् । शिवामाथि आफ्नै देवर वसन्त सार्कीले खुकुरी प्रहार गरेको जोशीले बताए ।

खुकरी प्रहारबाट शिवाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ । हात छिन्नै लागेको प्रहरीको भनाइ छ । उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको छ ।

घरयासी विवादका क्रममा शनिबार राति ८ बजेतिर वसन्तले भाउजूलाई खुकुरीले हानेको डीएसपी जोशीले बताए । यद्यपि, कस्तो खालको घरयासी विवाद हो भनेर प्रहरीले खुलाएको छैन ।

घटनामा संलग्न वसन्त पक्राउ परिसकेका छन् । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउन थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको जानकारी जोशीले दिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.