झापाका ६ वटा स्थानीय तहमा आज सार्वजनिक बिदा

Share this
790shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार ०६:३०

झापा । हरिबोधिनी एकादशी पर्व तथा तुलसी विवाहको अवसरमा झापा जिल्लाका ६ वटा स्थानीय तहले आज (मंगलबार) सार्वजनिक बिदा दिएका छन् ।

झापामा १५ वटा पालिका छन् । तीमध्ये भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबारी, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकाले बिदा दिएका हुन् ।

सबै स्थानीय तहले अगलअलगत सूचना निकालेर सोमबार बिदाको घोषणा गरेका थिए । आदिवासी तथा अन्य बहुसंख्यक समुदायले हरिबोधिनी एकादशी पर्व तथा तुलसी विवाह ठूलो पर्वको रुपमा मनाउँदै आएका छन्।

त्यसैले ती समुदायको बाहुल्यता रहेका पालिकाहरूमा बिदा दिइएको छ । आज अर्थात बिदाको दिन पालिकाहरूमा अतिआवश्यकबाहेक पालिकाको कार्यालय, वडा कार्यालयहरू र शैक्षिक संस्थाहरू बन्द रहने छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.