जेठानीले गरिन् देउरानीको हत्या

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २७, मंगलबार ११:५९

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका–२ मा जेठानीले देउरानीको हत्या गरेकी छन् ।

३० वर्षीया दीपा बोहोराले काठको चिर्पटले हानेर देउरानी २५ वर्षीय सनीता बोहोराको हत्या गरेको प्रहरीले जनाएको छ । घरयासी विवादमा झगडा हुँदा दीपाले सुनीताको टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार सुनीताको घटनास्थलमै मृत्यु भएको थियो । दीपालाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.