कोशीमा दुई दलीय संयन्त्रको यस्ता छन् निर्णय

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २८, बुधबार ११:०४

विराटनगर । सत्ता सहकार्यलाई प्रभावकारी बनाउन कोशी प्रदेशमा पनि सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसको संयन्त्र निर्माण गरिएको छ ।

प्रदेशस्तरीय दुई दलीय संयन्त्रमा एमालेका तर्फबाट कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहेका छन् । कांग्रेसका तर्फबाट पूर्वमुख्यमन्त्री एवं पार्टीका प्रदेश संसदीय दलका नेता उद्धव थापा र भौतिक पूर्वाधार विकासमन्त्री तथा पार्टीका कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई रहेका छन् ।

संयन्त्रको मंगलबार बसेको पहिलो बैठकले कांग्रेसका प्रदेश महामन्त्री उमेश थापालाई संयन्त्रको सदस्यमा थप गर्ने निर्णय गरेको छ । एमाले प्रदेश इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ७ बुँदे निर्णयसमेत गरेको छ । संयन्त्रले बुधबार बिहान विराटनगरमा पत्रकार सम्मेलन गर्दै बैठकको निर्णय सार्वजनिक गरेको हो ।

बैठकले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालैपालो गर्ने निर्णय गरेको छ । जसमध्ये एमालेबाट शेरधन राई र कांग्रेसबाट उद्धव थापाले पालैपालो बैठकको अध्यक्षता गर्ने छन् । पहिलो बैठकको अध्यक्षता राईले गरिसकेका कारण दोस्रोको थापाले गर्ने छन् ।

त्यस्तै, दुई दलीय संयन्त्र गठन सम्बन्धी जारी परिपत्र अनुसार संयन्त्रलाई प्रभावकारी बनाउने प्रतिबद्धता पहिलो बैठकले व्यक्त गरेको राईले बताए । उनका अनुसार बैठकमा नेपाली कांग्रेसको तर्फबाट सभापतिले तोकेको एक जना प्रतिनिधि रहने व्यवस्थाअन्तर्गत कांग्रेसका प्रदेश महामन्त्री उमेश थापालाई संयन्त्रको सदस्यमा थप गर्ने निर्णय भएको छ ।

प्रदेश संयन्त्रबाट सहजीकरण गरी एक हप्ताभित्र प्रदेशका १४ वटै जिल्लामा संयन्त्र गठन गर्ने निर्णय पनि बैठकमा भएको छ । राईका अनुसार अबको एक साताभित्रमा सबै जिल्लामा संयन्त्र बनिसक्ने छ । जिल्लास्तरीय संयन्त्रमा एमाले र कांग्रेसका ३–३ जना रहने उनले बताए ।

बैठकले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णयसमेत गरेको जानकारी राईले दिए ।

उनका अनुसार कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीबीच प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा आगामी मंसिर १४ गते शुक्रबार विराटनगरमा छलफल गर्ने निर्णय बैठकमा भएको छ । बैठकले दुई दलीय संयन्त्रको कार्यलाई एउटै मर्म र गतिमा एकरुपताका साथ प्रभावकारी ढंगले अगाडि बढाउने उद्देश्यले प्रदेश तहमा १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरुको संयुक्त बैठक तथा छलफलको आयोजना आगामी मंसिर २९ गते शनिबार विराटनगरमा गर्ने निर्णय गरेको छ ।

पूर्वमुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता थापाले सरकारका कामकारबाहीमा रचनात्मक सहयोग गर्न केन्द्रदेखि प्रदेशसम्म बनिरहेको दुई दलीय संयन्त्रलाई जिल्लासम्मै विस्तार गरिने बताए । उनका अनुसार जनतामा बढेको निराशालाई आशामा बदल्ने भूमिका पनि संयन्त्रले खेल्ने छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.