देशभरका न्यूरो सर्जन इटहरीमा भेला हुँदै

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक २९, बिहीबार १६:३५

विराटनगर । नेपाल न्यूरो सर्जन समाज (निसोन)को ११ औं राष्ट्रिय सम्मेलन सुनसरीको इटहरी हुँदैछ । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलन गर्दै सम्मेलनको जानकारी दिइएको हो ।

‘प्रविधिसँगको न्यूरो सर्जरीको विकास’ भन्नै मूल नाराका साथ शुक्रबार र शनिबार हुने राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको समाजका अध्यक्ष डाक्टर यमबहादुर रोकाले जानकारी दिए ।

उनले राष्ट्रिय सम्मेलनमा नेपालभरका न्यूरो सर्जनसहित सम्बन्धित विशेषज्ञ चिकित्सक, नर्स, प्राविधिक, फिजियोथेरापिष्ट तथा श्रीलंका, बंगलादेश, पाकिस्तानलगायत देशका विशेषज्ञ गरेर करिब १ सय ५० जना बढीको सहभागिता हुने बताए ।

सम्मेलनका क्रममा विशेषज्ञहरुले १ सय बढी अनुसन्धान कार्यपत्र प्रस्तुत गर्ने छन् । विज्ञहरुले विभिन्न विधामा प्रस्तुत गरे कार्यपत्रमध्ये सर्वश्रेष्ठ कार्यपत्र सम्मान र पुरस्कार पनि प्रदान गरिने डा. रोकाले बताए ।

विगतमा काठमाडौंमा मात्रै हुँदै आएको सम्मेलनलाई २ वर्षदेखि काठमाडौं बाहिर आयोजन गर्न थलिएको हो ।

यस्ता प्रकारका सम्मेलन नेपालमा रहेको न्यूरो सम्बन्धी विकासका साथै विभिन्न उपचारका पद्धतिबारे सबैलाई जानकारी हुनेहुँदा सामान्य उपचारका लागि विदेश जानु नपर्ने सन्देशसमेत दिने भएकोले पूर्वमा पहिलो पटक सम्मेलन आयोजना गर्न लागेका हौ, डा. रोकाले भने ।

राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एक दिने कार्यशाला गोष्ठी समाजले आयोजना गरेको छ । उक्त गोष्ठीमा विज्ञ चिकित्सकहरुले विभिन्न विषयहरुमा जानकारी गराएका थिए ।

तपाइको प्रतिक्रिया
अब व्यवहार बदल्ने बेला
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×