खनारमा दुर्घटना : साइकल यात्रीको मृत्यु, बसमा आगजनी

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर २, आइतबार १७:३३

सुनसरी । कोशी राजमार्गअन्तर्गत सुनसरीको खनारको शान्ति चोकमा अहिले केही बेरअघि यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।

इटहरी हुँदै विराटनगरतर्फ आउँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

Advertisement

दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट जलेर बस पूर्णरूपले ध्वस्त भएको छ ।

दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बसलाई खानर चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए ।

दुर्घटनालगत्तै खनार क्षेत्र तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चालकलाई भने इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

थप अपडेट

दुर्घटनापछि सुनसरीको खनार तनावग्रस्त : बसमा आगजनी, हवाई फायर र अश्रुग्यास प्रहार

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.