टेकराज भट्टराई ।ओखलढुंगा । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
प्रमुखमा आइतबार उनको मात्रै उम्मेदवारी परेको थियो । अरु दलले उम्मेदवारी दिएनन् । दिएका भए पनि जित्दैन थिए ।
निर्वाचनमा सहयोग गरेको भन्दै नेपाली कांग्रेसले अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरुलाई धन्यवाद दिएको छ । भट्टराई निर्वाचित भएको विषयलाई निर्वाचन आयोगले औपचारिक हिसाबबाट सार्वजनिक गर्न बाँकी छ ।

























