मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ४, मंगलबार १२:३७

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट मंगलबार पक्राउ परेका छन् ।

भक्तपुरस्थित निवासबाट उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले केही बेरअघि पक्राउ गरेको हो । प्रसाईंमाथि ‘फेक डकुमेन्ट’ बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गतल प्रचार गरेको आरोप छ ।

कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा ओलीको २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भनेर प्रसाईंले प्रचार गरिरहेका थिए । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको कागजातमा ओलीको नाम र हस्ताक्षर नक्कली रहेको दाबी नेकपा (एमाले)ले गरेको छ । प्रसाईंको फेसबुक पेजबाट सोमबार उक्त भिडियो सार्वजनिक भएको थियो ।

उक्त भिडियो अहिले भाइरल भइरहेको छ । त्यसकै अनुसन्धानका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले प्रसाईंलाई पक्राउ गरिएको जानकारी दिए । ‘सीआईबीको टोलीले निवासबाटै पक्राउ गरेको हो । अहिले कार्यालयतिर ल्याउने काम हुँदैछ,’ उनले मुलुकी खबरसँग भने ‘सामाजिक सञ्जालको दुरुपयोग गरेको घटनामा पक्राउ गरिएको छ । विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान अघि बढ्छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.