
काठमाडौं । आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेको भन्दै ३ वटा युट्युब च्यानलमाथि कारबाही गर्न प्रेस काउन्सिल नेपालले प्रहरीलाई पत्राचार गरेको छ ।
पूर्वी गर्जन मिडिया, सगरमाथा पाना र नेपाल लाइभ एचडीमाथि कारबाही गर्न प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको हो । १ फेसबुक पेज र ५ युट्युब च्यानल पनि कारबाहीको भागिदार बनेका छन् । तीमाथि आचारसंहिता प्रतिकूलका सामग्री हटाउन निर्देशनसहित स्पष्टीकरण सोधिएको छ।
काउन्सिलले लेकाली खबर, खबर बुलेटिन टिभी, न्युज इज नेपाल, रातोपर्दा टिभी, र गुन्द्रुक न्युजलाई स्पष्टीकरण सोधेको हो। काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले मंगलबार विज्ञप्ति जारी गरेर यसको जानकारी दिएका हुन् ।
यस्तो छ काउन्सिलको विज्ञप्ति


























