सुनसरीबाट ७ जना पक्राउ

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ५, बुधबार १३:०३
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

सुनसरी । सुनसरीका विभिन्न स्थानबाट प्रहरीले बुधबार बिहान ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । कोशी गाउँपालिका–१ छोटी भन्सार कार्यालय अगाडिबाट भोक्राहानरसिंह गाउँपालिका–२ का १९ वर्षीय साजन सदा खैरो हेरोइन (ब्राउन सुगर)सहित पक्राउ परेका छन् ।

सदाको साथबाट १.९० ग्राम ब्राउन सुगर बरामद भएको छ । बराहक्षेत्र नगरपालिका–९ का २२ वर्षीय शिव चन्द्रवंशी र २० वर्षीय अभिषेक चन्द्रवंशी २ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ आइरहेको को १४ प १९१७ नम्बरको मोटरसाइकलमा सवार भोक्राहानरसिंह–५ का १९ वर्षीय नजाम मन्सुरी ८३ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

त्यस्तै, प्रदेश १–०१–०१३ प ७६१५ नम्बरको मोटरसाइकलमा सवार इटहरी उपहानगरपालिका–२ का ४० वर्षीय अमित गुरुङ र पछाडि सवार ४० वर्षीय हुकुम राई १.६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

लागुऔषध ट्रामडोल २६ क्याप्सुलसहित बराहक्षेत्र–२ का ३३ वर्षीय पवन राईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.