रविलाई पुनः पुर्याइयो अदालत

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर ९, आइतबार ११:३६

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार बिहान पुनः अदालत पुर्याएको छ ।

कास्की प्रहरीले पुनः म्याद थपका लागि उनलाई अदालत लगेको हो । यसअघि जिल्ला अदालत कास्कीले लामिछानेमाथि थप अनुसन्धान गर्न दिएको १३ दिनको म्याद सकिएको छ ।

लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् । पोखरा लगेर उनीमाथि अनुसन्धान भइरहेको छ । प्रहरीले लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा समेत अनुसन्धान गरिरहेको छ ।

कास्की अदालतबाट म्याद थप गरेलगत्तै उनलाई काठमाडौं लैजाने तयारी छ । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्य सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौं जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ।

लामिछानेका व्यावसायिक साझेदार नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं लगेर बयान लिइसकिएको छ । लामिछानेविरुद्ध भने सहकारी ठगीमा चितवनामा समेत उजुरी परेको छ ।

गोरखा मिडिया नेटवर्कमा देशभरिका ९ वटा सहकारीको रकम अपचलन भएको प्रारम्भिक निष्कर्ष छ । प्रतिवेदनमा उल्लेख भएअनुसार गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन,बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानोपाइलाको रकम अपचलन भएको हो।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.