
काठमाडौं । विवादास्पद छविका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज (आइतबार) सुनुवाइ हुँदै छ ।
प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो । प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी हित गत शुक्रबार निवेदन दर्ता गराका हुन् ।
सर्वोच्च अदालतले निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने तयारी छ । न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको भन्दै प्रहरीलाई मंसिर ४ गते पक्राउ गरेको थियो । ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईंले बोलेको विवादास्पद भिडियो सार्वजनिक भएको छ ।
जिल्ला अदालत, काठमाडौंको अनुमति लिएर प्रहरीले उनलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । प्रहरीले प्रसाईंमाथि साईबर अपराध, सरकारी कागजात किर्ते लगायतको आरोपमा अनुसन्धान गरिरहेको छ ।

























