सुनसहित विमानस्थलबाट एक जना युवक पक्राउ

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ मंसिर १५, शनिबार १९:४३
विमानस्थलबाट करिब ४० किलो  ‘थाई गाँजा’ सहित ८ जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट एक जना युवकलाई सुनसहित प्रहरीले पक्राउ गरेको छ ।

चितवनका आशिष सुवेदीलाई १ किलो १ सय ग्राम सुनसहित पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

उनले सुनसहित सुवेदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल भन्सारका कर्मचारी र प्रहरी टोलीले पक्राउ गरेको बताए ।

एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका सुवेदीले रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा लुकाएर सुन ल्याएको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । उनलाई गौशाला प्रहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.