विराटनगर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खडकाले व्यक्तिका महत्वकांक्षालाई व्यवस्थापन गरेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दे उपसभापति खडकाले व्यक्तिको महत्वकांक्षाको व्यवस्थापन गर्नुपर्ने बताए ।
नेपाली कांग्रेस कोशी प्रदेश समितिले शनिबार आयोजन गर्ने प्रदेश सम्मेलनमा भाग लिनका लागि उनी विराटनगर आएका हुन् ।