राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती

Share this
743shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १७:४५

काठमाडौं । सानो आकारको भए पनि आन्तरिक असन्तुष्टि र गुटगत सक्रियताका कारण चर्चामा रहने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा नेतृत्वका लागि प्रतिस्पर्धा चर्किन थालेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित आधा दर्जन नेताले नेतृत्वमा दाबी गर्ने तयारी गरेका छन् ।

अध्यक्षका दाबेदार मानिएका धवलशमशेर राणाले पार्टी छाडेपछि पुनः नेतृत्वमा दोहोरिने तयारीमा रहेका लिङ्देनलाई सहज हुने अनुमान गरिएको थियो । तर, पार्टीभित्रका अन्य नेताहरूले उनलाई चुनौती दिने गरी आफ्नो सक्रियता बढाएका छन् ।

पूर्वअध्यक्ष कमल थापा, प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता विक्रम पाण्डे र नेता ज्ञानबहादुर शाहीसहितका नेताहरू अहिले एक कित्तामा देखिएका छन् । उनीहरूको सक्रियतालाई अध्यक्ष लिङ्देनविरुद्ध अर्को शक्ति निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ ।

कमल थापा र विक्रम पाण्डे नेतृत्वको आकांक्षासहित सक्रिय देखिएका छन् भने लोहनीले उनीहरूलाई साथ दिइरहेका छन् । यता पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाही पनि नेतृत्वमा आफ्नो स्थान बनाउन प्रयासरत छन् ।

राप्रपाभित्रका नेताहरूका अनुसार अध्यक्ष लिङ्देन पुनः नेतृत्वका लागि उम्मेदवारी दिने सम्भावना बलियो छ । तर, उनको समूहबाट को–को नेताले साथ दिनेछन् भन्ने विषय अझै स्पष्ट भइसकेको छैन ।

अर्कोतर्फ पूर्वअध्यक्ष कमल थापा पनि नेतृत्वका प्रमुख आकांक्षीका रूपमा देखिएका छन् । उनले सार्वजनिक रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा नगरे पनि आफ्नो राजनीतिक सक्रियता बढाउँदै शक्ति सञ्चय गरिरहेका छन् । पछिल्लो समय उनी देश दौडाहामा समेत व्यस्त छन् ।

थापासँगै सक्रिय रहेका विक्रम पाण्डे पनि अध्यक्ष पदका आकांक्षी हुन् । उनी यसअघि पनि लिङ्देनको नेतृत्वविरुद्ध उभिँदै आएका थिए । अहिले उनले पनि अप्रत्यक्ष रूपमा नेतृत्वमा दाबी गर्ने संकेत दिएका छन् । यद्यपि, आर्थिक अनियमितताको आरोपमा परेका कारण उनले आफ्नो उम्मेदवारीबारे औपचारिक धारणा सार्वजनिक गरिसकेका छैनन् ।

यसरी राप्रपाभित्र आगामी नेतृत्वलाई लिएर नेताहरूबीच शक्ति संघर्ष र ध्रुवीकरण बढ्दै गएको छ । अध्यक्ष लिङ्देनलाई चुनौती दिन सक्ने अर्को समूह निर्माणको प्रयासले पार्टीको आन्तरिक राजनीति थप रोचक बनेको छ ।

तपाइको प्रतिक्रिया
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.