
विराटनगर । विराटनगर–१२ मा रहेको विनायक बोर्डिङ स्कुलले विनायक स्काउट ग्रुपको दीक्षान्त सम्पन्न भएको छ ।
शनिबार स्कुल परिसरमा आयोजित दीक्षान्त समारोहमा ३४ जना स्काउटका विद्यार्थीलाई सदस्यता र धवलागिरी ब्याचले दीक्षित गरेको विद्यालयका प्रिन्सिपल मिथलेश ठाकुरले जानकारी दिए ।
कार्यक्रमका प्रमुखअतिथि नेपाल स्काउट राष्ट्रिय समितिका पूर्व तदर्थ समितिका संयोजक चन्दन कौशिक, विराटनगर–१२ का वडाध्यक्ष सूर्यलाल यादव, पूर्वाञ्चल स्कुलका स्काउटका संयोजक अर्जुन श्रेष्ठलगायतले स्काउट ब्याच र स्काफ प्रदान गरे ।
पछिल्लो समय समाजमा विभिन्न खालको विकृति बढ्दै गएकाले स्काउट साथै खेलकुदको माध्यमबाट समाजलाई अनुशासित बनाउन यस्ता कार्य गर्दै आएको प्रिन्सिपल ठाकुरले बताए ।
विनायक स्काउट ग्रुपका सदस्यसचिव प्रदीपकुमार विश्वासले प्रतिज्ञा, ग्रहण गराए ।
स्काउटको माध्यमद्वारा विद्यार्थीलाई नैतिकवान, मर्यादित, चरित्रवान साथै समाजप्रति जिम्मेवार बनाउन एक दशकभन्दा पहिलेदेखि विद्यालयमा स्काउट कक्षा सञ्चालन गरिएको साथै शारीरिक तथा मानसिक रूपमा स्वास्थ्य रही आत्मरक्षा गर्न र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा सहयोग पुर्याउने स्कुलका प्रिन्सिपल ठाकुरले बताए ।

























